उदित नारायण झाको स्वर रहेको गीत ‘अप्सरा’ को भिडियो सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

उदित नारायण झाको स्वर रहेको गीत ‘अप्सरा’ को भिडियो सार्वजनिक गरिएको छ । नगरकोटको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अभिषेक श्रेष्ठ र रजिना खड्का फिचर छन् । अभिषेक केही समय अघि अनमोल के सि को डुब्लिकेट भनेर पनि चर्चामा आएका थिए तर अहिले आफ्नो छुटै पहिचान बनाउन लागि परेका छन् । भिडियोलाइ उनकै नृत्य गुरु चर्चित कोरियोग्राफर गम्भीर बिस्टले निर्देशन गरेका हुन् । भिडियोको छायांकन अर्जुन तिवारिले गरेका हुन् भने सम्पादन नवीन निरौलाको रहेको छ। गीतको शब्द मोनि शर्मा रिजालको रहेको छ भने संगीत कृस रिजालको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.