मेलिनाको नयाँ गीत आज भोलि सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अहिलेकी व्यस्त गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। ‘आज भोलि भन्दा भन्दै’ बोलको गीतमा राइ लोहोरुङ्ग लाम्सोंग (राजु राइ) को शब्द रचना रहेको छ भने गीतमा रोशन बान्तवाको संगीत रहेको छ । जनक दीप पराजुलीले निर्देशन गरेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भिडियोलाइ धुर्बराज पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा गीता राइ,इशक राइ र फियोना राइको अभिनय रहेको छ । भिडियोमा डेब्यु गरेकी गीताको अभिनय तारिफ योग्य छ।

बिगत दुइ दशक देखि हङकङ बसेर नेपाली कला संस्कृति तथा नेपाली चलचित्रलाइ प्रबर्धन र प्रोमोसनमा लागि रहेका राइ लोहोरुङ्ग लाम्सोंग (राजु राइ) ले थुप्रै गीतको शब्द पनि लेखि सकेका छन् । उनले नेपाली साथ साथै भाषा भाषिका गीत पनि रचना गरेका छन् । उनि हङकङमा हुने विभिन्न सांगीतिक कार्यक्रम तथा नेपाली चलचित्र प्रदर्शनीमा सक्रिय छन् ।

द युथ क्लब हङकङको अध्यक्ष,इटहरी मंच हङकङको अध्यक्ष, राई ययोख्खा हङकङको केन्द्रिय सदस्य तथा चलचित्र एसोसिएसन हङकङ को अध्यक्ष रहेका राइ नेपाली कला र चलचित्र क्षेत्रको प्रबर्धन र विकासको लागि निरन्तर लागि परेका छन् भबिस्यमा अन्य थुप्रै कृतिहरु सर्नाजनिक गर्ने उनको लक्ष्य रहेको उनि बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.