श्रीमान विदेश श्रीमतीको अर्कै संग रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

विदेश गएर पैसा कमाए पछि नेपालमा आएर सिफल दाम्पत्य जिवन बिताउने सपना सजाएका युवाले पाएको धोकालाई समेटेर नयाँ गितको भिडियो सार्वजनिक गरिएको छ । गायक राम चन्द्र काफ्लेले स्वर दिएको ‘ बिदेशीए ’ नामको एल्बममा यस्तो मार्मिक कथा समेटिएको छ ।

विदेशमा गएर पनि आफ्ना सारा कमाई समेत पठाइदिएका उनको सबै कमाई लिएर रामचन्द्रकी श्रीमतीले अर्कै टिपेर हिडेकी हुन् । गीतलाई गायक रामचन्द्र काफलेले आफनै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन ।

रामचन्द्र काफ्लेको स्वर रहेको गीतको शब्द दिनेश सुबेदीले लेखेका हुन् र यहि शब्दलाइ संगीत र एरेन्ज भने बाबुल गिरिले गरेका हुन् । भिडियोलाई निर्देशक शशान कंडेलले निर्देशन गरेका छन । गीतको भिडियोमा सम्पदा बानिया र विजय बराल मुख्य भूमिका रहेको छ भने गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ ।

सार्वजनिक यस गीतमा एउटा गरिबी मानबिय वास्तविक जीवनलाइ चित्रण गरिएको छ । जहाँ पैसा कमाउन हिडेको श्रीमानलाइ छलेर ,उसको दुख र मेहनत अनि बिस्वाशलाइ तोडेर आफु खुसि हुने र आफु रमाउने ,प्राय घटीरहने सामाजिक र पारिवारिक घटनालाइ भिडियोमा देखाईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.