सन्जीब गरिमा लाई भन्दैछन् ‘किन तिमि आज’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सन्जिब पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमि आज’ को भिडियो सार्बजनिक गरिएको छ । अहिलेको चर्चामा रहेको वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश उक्त गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो उक्त गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको थियो यस गीतमा थुप्रैले म्युजिकल्ली पनि गरेका थिए ।

गीतमा गायक सन्जिब पुडासैनीको शब्द रचना र संगीत रहेको छ भने गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन् । काठमाडौँको ठमेल र ठमेल वरिपरि छायांकन गरि तयार गरेको यस गीतको भिडियोमा गायक सन्जिब पुडासैनी पनि फिचरमा छन् भने साथमा मोडल गरिमा श्रेष्ठ पनि भिडियोमा देख्न सकिन्छ । मिलन शंकरले खिचेको यस गीतको भिडियोलाई गायक सन्जिबले डेब्यु निर्देशन गरि तयार गरेका हुन् भने भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाइ एसिएन म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.