साँघुरो गीत (भिडियो)


सेलीब्रेटी नेपाल फागुन ५ गते-प्रदर्शनको क्रममा रहेको चलचित्र साँघुरोको गीत सार्वजनिक गरिएको छ । यौन मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको प्रस्तुत गीतले पनि यौन कुण्ठालाई दर्शाएको छ अर्थात प्रस्तुत गीतले चलचित्रको कथालाई बोकेको देखिन्छ ।मदन गोपालको स्वर तथा संगीत रहेको यो गीतलाई अबिरल थापाले लेखेका हुन् भने भिडियोको निर्देशन चलचित्रका निर्देशक जोएस पाण्डेले नै गरेका हुन् । क्यामेरा म्यान सुसन प्रजापती हुन् भने सम्पादन अजय खड्काले गरेका हुन् । सार्वजनिक गीतमा मुख्य पात्र शुशांख मैनाली र दीया मास्केले अभिनय गरेका छन् ।चलचित्र बैषाख महिनामा रिलिज हुने छ ।