गायक नविन भन्दै छन् ‘कस्तो आयो जमाना’ ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

समाजको यथार्थतालार्इ गीतमा उतार्न सिपालु गायक नविन पौडेलको नयाँ भिडियो सार्बजनी गरिएको छ । ‘आफ्नै मान्छे जहिले नि टा–टाढा बन्ने, बुटवल तिरै भएनी धरान छु भन्ने दुनियाँलार्इ चाहिनी, कस्तो आयो मोबाइलको जमाना पनि जेबोल्ननी पाइनी, कस्तो आयो ईन्टरनेटको जमाना पनि जे हेर्न नि पाइनी,’ ‘कस्तो आयो जमाना’ बोलको गीतमार्फत यथार्थता पस्किन खोजिएको छ ।

यसअघि ‘फुलेको तोरीलार्इ बैँश आकी छोरीलार्इ जोगाउनै गाह्रो’ बजारमा ल्याएर निक्कै नै सफलता हासिल गरेका पौडेलको यो ‘कस्तो आयो जमाना’ बोलको गीत तीजको अवसरमा निकालिएको हो । यस गीतमा नविन पौडेल र कोपिला गौतमको स्वर सुन्न सकिन्छ । शब्द संगीत स्वयम् नवीन पौडेलको रहेको छ भने म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

नव मोडल रविन्द्र पन्त र रिना थापामगरले अभिनय गरेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् । यो गीतलार्इ रक्षा म्यूजिकले बजार व्यवस्थापन गरेको छ । नवीनका सबैजसो गीतहरु युट्युबमा हेर्न सकिन्छ । पौडेल प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष समेत हुन् । स्टेज प्रस्तुतिमा निक्कै नै अब्बल नवीन भर्खर युरोपको साङ्गीतिक कार्यक्रम सकेर नेपाल फर्किएका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.