सेलिब्रेटी नेपाल काठमाडौँ  

गायक तथा संगीतकार राजेन्द्र बजगाईंको नयाँ गीत ‘ घुमायो मायाले’ सार्वजनिक गरिएको छ। गीतमा भुवन शर्मा कँडेलको शब्द र केशव बडुको संगीत संयोजन रहेको छ भने म्यूजिक भिडियोमा डी.आर. अधिकारी  र जिनिलिया श्रेष्ठको अभिनय रहेको छ। सुबोल थापाको निर्देशनमा बनेको ‘ घुमायो मायाले’को भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, नबिन निरौलाको सम्पादन रहेको छ ।



							
							
							
							
							
							