अस्ट्रेलियामा बनेको ‘जुनी जुनीलाइ’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल बिश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत जुनी जुनी लाइ भिडियो सार्बजनिक गरिएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा अस्ट्रेलियामा जन्मिएर हुर्किएका प्रत्यूष अधिकारी र युबिना ढुंगानालाइ फिचर गरिएको छ । अमित पराजुलीले छायांकन तथा निर्देशन गरेको भिडियोलाइ भारत रेग्मीले सम्पादन गरेका छन् अस्ट्रेलियामा नै जन्मिएर हुर्किएका प्रत्यूष र युबिनाको नेपाली म्युजिक भिडियोमा रुचि देखिएको छ । सार्बजनिक गीतमा कभर संग्स कम्पिटिसनको पनि आयोजना गरिएको छ अब केहि दिनमा उक्त कम्पिटिसनको बिजेता सार्बजनिक गरिने संगीतकार टिकाले सेलिब्रेटी नेपाललाइ जानकारी गराए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.