फरक शैलीमा आए जगदिश समाल,सुनिल र अलिशा पाँच वटा क्यारेक्टरमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आधुनिक र गजल गायनमा स्थापित गायक जगदिश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक गरिएको छ । मङ्गलबार ‘बाडुली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी(मगर)को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन समावेश छ ।

फरक शैलीमा तयार भएको गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई फिचरिङ गरिएको छ । केही हप्ता अघि मात्रै प्रदर्शनमा आएको चलचित्र ‘चि मुसी चि’ मा लिड भूमिका निर्वाह गरेका यी दुईको जोडी सो चलचित्रपछि ‘बाडुली’ गीतको भिडियो मार्फत पुनः एकसाथ देखिएका हुन ।

छोटो समयको भिडियोले पनि धेरै कुरा बोलेको छ । भिडियोमा मुना मदनको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा दुई कलाकारले पाँच वटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्बासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् । सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । टङ्क केसीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.