मौलिक तीज गीत ‘लाउँदैनन् सारी’करिष्मा र मदनको छमछमी (भिडियाे)


सेलिब्रेटी नेपाल काठमाडौँ

मौलिकतामा जोड दिई गीतहरु ल्याउँदै आएका गायक तथा सर्जक लोकनाथ सापकोटाले यस वर्ष पनि मौलिक तीज गीत स्रोता तथा दर्शकसामु ल्याएका छन्। उनले ‘आजकलका नारी लाउँदैनन् सारी’बोलको मौलिक तीज गीत सार्बजनिक गरेका हुन। लोकनाथ सापकोटा र सीता खनालको स्वर समावेश गीतमा पछिल्लो समय तीज पर्वमा समाजमा मौलाएको विकृतिमाथी प्रहार गरिएको छ। सापकोटाकै रचना/संगीत रहेको गीत यु ट्युब मार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा मदन खडका र करिष्मा ढकालले नृत्य गरेका छन् । त्यस्तै सुरविर पण्डित, काउली बुढी र टंक लगायतलाई पनि फिचरिङ गरिएको छ । मदन खडकाको निर्देशन रहेको भिडियोमा टंक केसीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.