गीताको तीज गीतमा नेपालका पहिलो नायिकाहरुले मर्काए कम्मर(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दु महिलाहरुको महान चाड तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरि विभिन्न सर्जकहरुले तीज गीत बजारमा ल्याइ रहेका छन् । सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि मिलापको प्रस्तुति रहेको तीज गीत ‘एतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो ।

नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउँने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीतको भिडियो सार्वजनिक भएको हो ।

सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको संगीत, सुदिप सागरको संगीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन र सम्पादन रहेको छ । भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.