सारङ्गाको दोस्रो बिहेको भोज पनि खान पाइने



सेलीब्रेटी नेपाल फागुन २ गते-करिब तीन वर्षअगाडि नायिका सारङ्गा श्रेष्ठले अमेरिकी नागरिकसँग विवाह गरिन्। ती नागरिकलाई नेपालमा ल्याएर उनले चलचित्रकर्मीहरूलाई बिहेको भोज पनि खुवाइन्। अहिले ती अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद भएपछि सारङ्गाले फेरि अमेरिकामा नै रहेका रमेश नामक नेपालीसँग दोस्रो विवाह गरेकी छिन्।सारङ्गाको पहिलो बिहेको भोज खाँदा मुख मिठ्याएका चलचित्रकर्मीले अब फेरि सारङ्गाको दोस्रो बिहेको भोज पनि खान पाउने भएका छन्। अनौपचारिक रूपमा अमेरिकामा विवाह गरे तापनि सारङ्गा औपचारिक रूपमा विवाह गर्न चाँडै आफ्ना नयाँ दुलाहाका साथ नेपाल आउने भएकी छिन्। केटा र केटी पक्ष दुवै मिलेर भव्य पार्टीका साथ विवाह हुने भएको छ चाँडै। मिति निश्चित नभए तापनि धार्मिक परम्परा अनुसार नै विवाह हुने कुरा भने निश्चित भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.