पहिलो पटक ‘चमेलीमा’ रोमान्स गर्दै केकी र दिलिप (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन् । धेरै वटा सार्वजनिक समारोहमा संग–संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएको छ ।

केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले । अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली‘’ शीर्षकको गीतको म्युजिक भिडियोमा केकी र दिलिपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले । गायक नरेश गौतमले यो कर्ण्प्रिय गीत गाएका हुन् । उक्त गीतलाई एनके ब्रदर्सले संगीतबद्ध गरेका हुन् । उदय राज पौडेलले गीतमा संगीत संयोजन गरेका छन् ।

छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेशनहरु कैद गरेका छन् । निशान घिमिरेले भिडियो सम्पादनमा उत्तिकै मेहनत गरेका छन् । भिडियोलाई गीतकार नारायण भारती तथा ईशा शर्मा भारतीले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.