टीका प्रसाईंको ‘माया लुकी लुकी’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली सांगीतिक क्षेत्रमा एक उदियमान गायिका हुन् टीका प्रसाईं । आफ्ना गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल गायिका टीका प्रसाईंका ‘तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ सेल्फिको जमाना जस्ता थुप्रै चर्चित गीतहरु छन् । झापा, तोपगाछी बाट आफ्नो सागीतिक यात्रा शुरु गरेर करिब दुइ दशकको सांगीतिक यात्रा तय गरेकी गायिका प्रसाईंका सयौं गीतहरु नेपाली सिनेमा र एल्बमहरुमा सुन्न सकिन्छ ।

आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत-संयोजनले सजिएको उक्त गीतको बोल ‘माया लुकी लुकी’ रहेको छ । रचनात्मक शब्द-संगीतले भरिएको यस डान्सिंग नम्बरमा चर्चामा रहेको डान्सिंग ग्रुप ‘द कार्टून क्रिउ’ लाई फिचरिंग गरिएको छ । भिडियोमा कार्टुन क्रिउ ग्रुपबाट सरोज अधिकारीको आफ्नै कन्सेप्ट र डाइरेक्सन रहेको छ भने प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका छन् भने भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियोलाई ओसियाना एजुकेशन कन्सलटेन्सि काठमाडौँ र सिड्नीले सपोर्ट गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.