सन्जिब र अबुनको रमाइलो गीत ‘झम्केफूली’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सन्जिब पराजुली र गायिका अबुन पाण्डेको रमाइलो गीत ‘झम्केफुली रेलिमाई’ भिडियो सार्वजनिक गरिएको छ । नेपाली लोक भाकामा रहेको यो गीतमा रचनाकार रमेश दाहालको शब्द र संगीतकार टिका दाहाल को संगीत रहेको छ गोपाल रसाइलीले संगीत संयोजन गरेको गीतको भिडियो रमाइलो बनेको छ ।

सगर राजले निर्देशन गरेको भिडियो लाई अनिल के मानन्धरले छायांकन गरेका हुन् भने शिलन लम्सालले एडिटिंग र कलरिंग गरेका छन् । कलाकारहरु दीप्सन परियार, अश्मी भण्डारी, सुर्य योञ्जन, अभिलाषा शर्मा, अनिल छेत्री, संगीता गुरुङ, सागर राई र बबिता श्रेष्ठले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सुर्य योञ्जन र ग्रूवी बोइजले कोरियोग्राफी गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.