निशान भट्टराईको ‘ओई भुन्टी’ भिडियोे ट्रेन्डिङ नम्बर वानमा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराईको स्वरमा रहेको ‘ओई भुन्टी’ बोलको गीतको भिडियोे ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ । गएको शुक्रवार भिडियो सार्वजनिक गरिएको हो । उक्त भिडियोेमा निशानले स्वयं अभिनय गरेका छन् । ‘ओई भुन्टी’ बोलको गीतलाई राजेन्द्र भट्टले शब्द र संगीत दिएका छन् ।

टेकेन्द्र शाहलेको निर्देशनमा बनेको भिडियोलाई शिशिर खातिले कोरियोग्राफी गरेका हुन् भने राम कुमार केसीले छायांकन गरेका हुन् । भिडियोमा मोडल एलिशा राईले निशानसँग अभिनय गरेकी छिन् । एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । यस भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.