मोडलको बर्थडे मा ‘भाईरल भयो रे’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

मोडल तथा कलाकार नयन डिसीले अनाथ बालबालिका तथा असाहय वृद्धवृद्धाहरुलाई भोजन खुवाएर र केक काटेर जन्मदिन मनाएका छन् । बूढानीलकन्ठ, डाँडागाउँमा रहेको अनाथ असहाय बालसुधार समाजमा आश्रित ३७ जना बालबालिका तथा मानवसेवा आश्रम सामाखुसीमा आश्रित करिब ४० जना वृद्धवृद्धालाई उनले खाना खुवाएका हुन् । खानाका साथै केक खुवाएर उनले नाचगानसमेत गरे । एरोबिक डान्सका प्रशिक्षकसमेत रहेका नयनले करिब ४ दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उनि अभिनित तथा निर्देशित गायक कर्णराजको गीतको नयाँ भिडियो सार्बजनिक पनि बर्थ डे कै अबसरमा गरिएको छ । भिडियोमा नयन डिसी र माला लिम्बुलाइ उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ । ‘भाईरल भयो रे’ मा माला लिम्बु र नयन डिसीले नृत्य गरेका छन् भने ग्रुभी ब्वाइज समुहले साथ दिएको छ । नारायण बस्नेतको शब्द रहेको ‘भाईरल भयो रे’मा गायक आँफैले संगित भरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.