सिताको रोज गार्डेनमा प्रियंकाको उत्कृस्ट प्रस्तुति (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायनमा आफुलाई स्थापित गर्ने सोचका साथ प्रशिक्षण लिएता पनि सितार बादनमा आफुलाई स्थापित गरेकी छिन , सिता मैया राजचलले । धुनकै तिन एल्बमलाई बजारमा ल्याईसकेकी सिता यसलाई अझै अगाडी बढाउदै छिन । संगीतमा मास्टर्स समेत गरिसकेकी सिताले संगीत पढाएकी पनि छिन ।

ललितकला क्याम्पसमा ६ वर्ष भन्दा बढी अध्यापन गराएकी सिता पछिल्लो समय ‘संगीत थेरापी’ समेत दिन्छिन । ‘संगीत केवल मनोरंजनको साधन मात्र होइन’ भन्ने हेतुले उनले यसैमाध्यम मार्फत विभिन्न रोगको उपचार समेत गर्ने गरेकी छिन । बिक्रम संवत २०५४ सालबाट नै स्टुडियोमा सितार बजाउन थालेकी सिताले केहि गीतमा आफ्नो स्वर पनि दिएकी छिन ।

तर , उनि सितार बादनलाई नै निरन्तरता दिन चाहन्छिन । सन् २००४ मा परम्परा र सन् २०१२ मा टकिङ स्ट्रिङस नामक धुन संग्रहित एल्बमलाई बजारमा ल्याईसकेकी छिन । यिनै सिताले सन् २०१८ मा ‘जर्नी अफ फ्रेट्स’ नामक धुन संग्रहित एल्बमलाई लिएर आएकी छिन । पछिल्लो समय गायन र त्यसमा जोडिएको संगीतले चर्चा पाईरहदा सिता भने सितार मार्फत नै आफुलाई आउदा दिनमा अगाडी बढाउँन चाहन्छिन । सितार बादनकै लागि देश तथा विदेशका स्टेजमा देखिने गरेकी सिताले पछिल्लो समय उभिएरै सितार बजाउने गरेकी छिन ।

उनको पछिल्लो एल्बम ‘जर्नी अफ फ्रेट्स’ मा आठ धुन संग्रहित छन् । यसमा वर्षा , द जर्नी , नटी माइण्ड , रोज गार्डेन , स्टेला अँन ड्रिम , रि युनियन , मिष्ट्री लभ र द बाउन्डलेस फ्लाइट संग्रहित छन् । उनले नयाँ वर्षलाई लक्षित गर्दै एल्बममा रहेको रोज गार्डेनको भिडियो समेत सार्वजनिक गरेकी छिन । भिडियोमा प्रियंका कार्की , देव राउत र सर्वेश सुवाल फिचर्ड छन् । यसमा प्रकाश तुलाधरको सम्पादन , बुद्ध थापाको छायाँकन रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । धुन ‘रोज गार्डेन’को कम्पोजर र एरेन्जर जुगल डंगोल हुन् । यसमा गितारमा अनुप दास , बाँसुरीमा नगेन्द्र राई , तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुङ्गामा थोमस बर्ची रहेका छन् ।