दुबईमा रेबिकालाई संजिबले देखेपछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टा धेरै छन्। यो संख्यामा अझ युवापुस्ताको संख्या उल्लेख्य छ। युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लु.डि.एन.वाई सन्जिबले आफ्नो पहिलो गीत सार्बजनिक गरेका छन्। ‘देखेर तिमीलाई’ बोलको गीतमा सन्जिबको स्वर तथा शब्द र कमल थापाको संगीत छ। सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ।
फोटोग्राफर कमल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ। हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन्। रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन्।

यसरी बन्यो गीत र भिडियो
गायक सन्जिबका अनुसार उनी केहि समय पहिले फ्राईडे मनाउन संगीतकार कमल थापासँग दुबईकै एक क्लब गएका थिए। क्लबमा एक सुन्दरी युवतीलाई देखेर यो गीतको शब्दहरु कोरिएको थियो। उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए। म्युजिक एरेन्जर रोनी दाहालको सहयोगमा गीत रेकर्ड गरेपछि उनलाई यो गीतको भिडियो बनाउन इच्छा जाग्यो। तर आफुले चाहेजस्तो भिडियो बनाउन सक्ने दुबईमा कोहि भेटेनन्। यसैक्रममा घुमघामको सिलसिलामा दुबई पुगेका ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठसँग उनको भेट भयो र अन्ततः उनले चाहे जस्तो म्युजिक भिडियो निर्माण भयो।

कमल श्रेष्ठ, नेपालका चर्चित फोटोग्राफर हुन्। उनले दर्जनौ नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरुको फोटो सेसन गरिसकेका छन्। फोटोग्राफीसँग सँगै उनी ग्राफिक डिजाईन र भिडियो सम्पादनमा पनि उत्तिकै लगाब राख्छन्। उनले थुप्रै गायकगायिकाको एल्बम कभर डिजाईन तथा म्युजिक भिडियो छायांकन गरिसकेका छन्। एक दशक अगाडि नै उनले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सिंह लगायतका थुप्रै गायक गायिकाको म्युजिक भिडियो छायांकन गरिसकेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.