सरोजको‘माछीले खाने’लाई करोड भ्युज, आश्मा र सरोजले काटे केक


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युजको केक काटेको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टीमले करोड भ्युजको केक काटेको हो । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ ।

कार्यक्रममा गीतका रचनाकार थपलियाले गीत लेखेको पललाई सम्झिएका थिए भने गायक सरोज ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको समेत बताए । गीतलाई एक करोड भ्युज पुर्याई दिनुभएकोमा गायक सरोज ओलीले सम्पूण दर्शक तथा मिडियाकर्मीहरुलाई धन्यवाद दिए । केक काटेर मनाईएको एक करोड भ्युजको कार्यक्रममा नयाँ गीतको समेत घोषणा गरिएको छ । गायक ओलीका अनुसार ‘पानी कुवाको’ बोलको गीत अबको केहि सातामा नै सार्वजनिक गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.