पोष्टरमा यस्तो देखियो ‘नेप्टे’


सेलिब्रेटी नेपाल काठमाडौँ

‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्र ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘ पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका चलचित्रका प्रमुख कलाकारहरु ‘फिचर’ छन् । चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको चलचित्रमा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अभिनेता जय किशन बस्नेतलाई चलचित्रमा केमियो गर्दै गरेको देख्न सकिनेछ । चलचित्रमा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । चलचित्र नयाँ बर्षको अबसरमा चैत्र ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.