सेलिब्रेटी नेपाल काठमाडौँ
लोकप्रिय कमेडी गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) को सामाजिक चेतनामुलक गीत ” झापा सुरुङ्गा” सार्बजनिक गरिएको छ। यसपटक उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन। विवाह को लागीअर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरी सँग बिताउने हो दाईजो सँग होईन भन्ने मुल नारा बोकेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यान्तै सन्देशमुलक रहेको देख्न सकिन्छ। दिपेश प्रसाईंको शब्द लाई कृष्ण भन्डारीले सङ्गीत गरेको झापा सुरुङ्गा बोलको गीतमा स्वर श्रीकृष्ण लुईंटेल (बोकेदारी) को सुन्न सकिन्छ। रावण एल्बममा समावेश उक्त गीतको बजार ब्यवस्थापन भाईब्स कृयसनको रहेको छ।