चौध वर्षपछि अनिश सुगम संग मिलेर तालि बजाउदै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘ताली ठोकौँला’ बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ । झण्डै १४ बर्षको अन्तराल पछि गायक अनिश भण्डारी सुगम पोखरेलसँगको सहकार्यमा सांगीतिक यात्रामा फर्किएका हुन् । भण्डारीले यस अघि सुमगसँगै मिलेर ‘रंगीन यो साँझ’ तथा सुदिन पोखरेलसँगको सहकार्यमा ‘एउटा सपना’ बोलका गीत ल्याएका थिए ।

‘ताली ठोकौँला’ गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् जसमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गायक सुगम पोखरेलका ‘सम्हालिन्छ कहिले मन’, ‘कति दिन बिते कति रातहरु’, ‘स्कूल पाठशाला’, ‘रुन्न भन्थेँ कहिले’, ‘तिमी नभए’, ‘यो साँझ ढल्न लाग्यो’ लगायतका सयौँ गीतहरु चर्चित छन् । पोखरेलले दुई बर्ष अगाडी गाएको चलचित्र ‘प्रेम गीत’को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ चलचित्र तथा संगीत प्रेमीको लागि अनुपम उपहार बनेको छ, जुन गीतको गायनमा सुगमलाई अञ्जु पन्तले साथ दिएकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.