शिबको ‘हल्ला हल्लामै माया’ मा पल र आंचलको जोडी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । यसपटकको प्रणय दिवस लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । सँग-सँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ । उक्त हल्लापछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन् । आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् यो कथा भिडियोमा देख्न सकिन्छ । शिब परियारको ‘हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचलको अभिनय रहेको छ ।
‘शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.