सन्दीपको निर्देशनमा सतिसको माया सुरभी लाइ कमि भो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय चलचित्रका गीत मात्र होइन म्युजिक भिडियो निर्माणमा पनि निकै खर्च गर्न थालिएको छ । उत्कृष्ट म्युजिक भिडियो बनाउन बिदेशका बिभिन्न भुमिका समेत छायाँकन हुने गरेका छन् । निर्देशक सन्दीप श्रेष्ठले हाइ बजेट र सुन्दर लोकेसनमा उत्कृस्ट काम गरेका छन् अष्ट्रेलियामा छायाँकन गरिएको ‘म सधै ’ बोल रहेको गीतको म्युजिक भिडियो नजिकिदै गरेको ‘भ्यालेन्टाइम डे’को अवसर पारेर यो गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।

माया प्रेमका थिममा निर्माण गरिएको भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धर प्रेमी प्रेमीकाको रुपमा देखिएका छन् । सार्बजनिक भिडियो लाइ निर्देशक श्रेष्ठले रोमान्टिक तवरले प्रस्तुत गरेका छन् । निर्देशक भिडियोमा मोडल र लोकेसन दुबै प्रथाकिमताका साथ प्रस्तुत गर्न सफल भएका छन् । स्वेदशमा थुप्रै राम्रा म्युजिक भिडियो बनाएका निर्देशक श्रेष्ठले बिदेशमा बनाएको भिडियो यो नै पहिलो हो । सुवानी मोक्तानको शब्द तथा संगीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायाँकन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.