सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’को भिडियो सार्वजनिक गरिएको छ । प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’ मा शब्द तथा संगीत उनै गायक प्रमोद कोइरालाको रहेको छ । शैलेन्द्र प्रधान ‘बाबु’ को उक्त गीतमा एरेन्ज रहेको छ। गीतमा मोडल नयन र पुनम फिचरिङ रहेका छन् । केदार धितालको निर्देशन रहेको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । निशान घिमिरेको सम्पादन रहेको यो भिडियोलाई सुन्दर लोकेसनमा खिचिएको छ ।
हेर्नुस भिडियोः