सागर आलेको भ्यालेन्टाइन गीत रिलीज (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सुप्रसिद्द नेपाली सिंगिङ्ग रियालिटी शो ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज गरिएको छ । प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको प्रेममय गीत रिलीज गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।

सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।

भिडियो:

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.