शुस्मा कार्मीको किन बहकियो मन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक पारसमणि ढुंगाना र गायिका मेलिना राईको आधुनिक गीत “बहकियो मन आज नमानी लाज ” हालै सार्बवनिक गरिएको छ । नायिका शुस्मा कार्की र सुरेश लामाको अभिनय रहेको उक्त गीतमा पारसमणि ढुड्डानाकै संगीत र प्रबोद आचार्यको शब्द रहेको छ । सनया फिल्म प्रोडक्सनले तयार पारेको गीतलाई सुजन तामाङले निर्देशन गरेको छन ।

दोलखाको रमणिय स्थल कालिन्चोक र खरिढुंगा र काठमाण्डौको जहरसिहपौवाका सुन्दर दृश्यहरुमा गीत छायांकन गरिेएको छ । एक जोडी प्रेमीको को प्रेम कथा बनायर छायांकन गरिएको गीतमा भिन्न समय र मौसममा प्रेमील जोडीलाई गीतमा उतारिएको छ । गीतका गीतको भाव अनुसारको कला संयोजन गरिएकोले पनि गीत निकै सुन्दर देखीन्छ ।

टेकराज लाङघाली र दिप्त प्रकाश काश्यपको सह निर्देशन रहेको यस गीतलाई दिब्यश्वरी प्रा.लि. र पारसमणि ढुड्डानाको निमार्ण रहेको छ भने राहुल राईको छायांकन र अनिल कुमार मर्हजनको सम्पादन, बुद्ध सायमीको एरेन्ज रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.