‘प्रेम दिवस’ मा अन्जु पन्त एकल साँझ


सेलिब्रेटी नेपाल काठमाडौँ

गीत संगीत क्षेत्रकी मेलोडी क्वीन’ अञ्जु पन्तको फ्यानका लागि खुसीको खबर छ । फ्यानले यस पटक अञ्जुसँगै प्रेम दिवश अर्थात् ‘भ्यालेनटाइन–डे’ मनाउन पाउँनेछन् । १४ फेब्रुअरी अर्थात ‘भ्यालेनटाइन–डे’का दिन अञ्जु बागबजार स्थित साया हेल्लो क्याफे गजलबारमा ब्याण्डसहित एकल साँझमा प्रस्तुत हुँदैछिन् । जहाँ उनले प्रेममय आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छिन ।

प्रेम, विछोड र जीवन संघर्षका गीतहरुका लागि पर्यावाची अञ्जुको सांगीतिक जीवनकै योे दोस्रो एकल साँझ हो । करिब दुई दशकको आफ्नो सांगीतिक यात्रामा यसअघि उनी केही महिनाअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल साँझमा प्रस्तुत भएकी थिइन् । जहाँ हजारौ श्रोता तथा दर्शकले अञ्जुप्रति अगाध प्रेम दर्साएका थिए ।प्रेम दिवसको अवसरमा एकल साँझमा प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको अञ्जुले बताइन् । ‘दर्शक तथा श्रोता मेरा लागि आर्दश हुन् । उनीहरुसँग प्रेम दिवश मनाउन पाउँदा खुसी छु ।’ अञ्जुले भनिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.