‘पद्मावत’ विवाद अझै रोकियन ! रिलिज रोक्न हजारौं मानिस सडकमा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

हिन्दी फिल्म ‘पद्मावत’ रिलिजविरुद्ध भारतमा प्रदर्शन भएको छ । हजारौं मानिस सडकमा आएर विरोध जनाएका छन् । फिल्मको रिलिज रोक्न सडकमा प्रदर्शन गरेका हुन् ।करनी सेनाका कार्यकर्ताले गुडगाउँमा यातायात ठप्प पारेका छन् भने नोयडामा बस तोडफोड गरेका छन् । सुरत र गुजरातका अन्य ठाउँमा निजी र सार्वजनिक गाडीमा आक्रमण गरेका छन् ।

गुजरातमा त्यहाँको राज्य सरकारले हिंसामा उत्रिनेविरुद्ध कडा कारवाहीको चेतानवी दिएको छ । अहेमदावादमा मल, मल्टिप्लेक्स र कुनै पनि भवनभित्र फिल्मको विषयलाई लिएर कुनै गतिविधि भए कडा कारबाहीको चेतावनी दिएको छ । ५ सय भन्दा बढी राजपुत महिलाहरुले ’जय जुहार’, ’जय भवानी’ भन्दै मार्चपास गरेका छन् । महिलाहरुले सुरुमा त अग्निदाह गर्नेसमेत चेतावनी दिएका थिए तर पछि त्यसलाई स्थगित गरे । भारतको सर्वोच्च अदालतले फिल्म रिलिजमा अवरोध नगर्न फैसला सुनाइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.