सलमान खान १० वर्ष जेल बस्नु पर्ने सम्भावना


सेलीब्रेटी नेपाल माघ १९ गते-गाडीले मान्छे किचेको मुद्दामा महाराष्ट्रको एउटा म्याजिस्ट्रेट अदालतले गरेको फैसलाले बलिउड हिरो सलमान खानलाई समस्यामा पार्ने भएको छ। दोषी ठहर भएमा अब उनलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ। यसअघि उनलाई अधिकतम दुई वर्षको मात्रै सजाय हुने लापरवाहीपूर्वक गाडी चलाएको धारा अनुसार मुद्दा चलाइएको थियो। अब उनलाई गैर इरातदन हत्याको अभियोगमा मुद्दाको कारबाही चलाइनेछ। महाराष्ट्र सरकारले यस्तो मुद्दा चलाउन पाउँ भनी गरेको आवेदनलाई अदालतले बिहीबार स्वीकार गरेको थियो । सन् २००२ को सेप्टेम्बर २८ का दिन सलमानले चलाएको गाडिले मुम्बइमा ठक्कर दिँदा एक जनाको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए ।सलमान अब ११ फेब्रुअरीमा सत्र अदालतमा उपस्थित हुनुपर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.