मिस्टर झोले कुनैको सिक्वेल होइन दयाहाङ (भिडियो कुराकानी सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ

पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’ टिमले पत्रकार संग भेट घाट कार्यक्रम गर्दै चलचित्रको बारेमा थप जानकारी गरेको छ मंगलबार चलचित्रका निर्माता टेकेन खड्का, नायक दयाहाङ राई,चलचित्रका कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले चलचित्रको बारेमा थप प्रस्ट पारे
धेरैले ‘कबड्डी’को तेस्रो सिक्वेल भनिरहँदा नायक दयाहाङ राईले ‘मिस्टर झोले’ न ‘झोले’को न त ‘कबड्डी’को नै सिक्वेल भएको बताएका छन् ।

उनी भन्छन्,‘‘मिस्टर झोले’, ‘झोले’भन्दा विल्कुलै फरक छ । तर, बजारमा ‘मिस्टर झोले’, ‘कबड्डी’को तेस्रो सिक्वेल भन्ने जसरी चर्चा चलेको छ त्यो विल्कुलै गलत हो । हो, यस चलचित्रमा प्रायः ‘कबड्डी’को नै टीम छ । त्यसैले कतै ‘मिस्टर झोले’, ‘कबड्डी’को सिक्वेल त होइन भन्ने लाग्न सक्छ । बाहिरको रंग उस्तै लागेपनि ‘मिस्टर झोले’को प्रस्तुती र कथा फरक छ ।’
चलचित्रका निर्माता टेकेन खड्काले ‘मिस्टर झोले’लाई ‘झोले’को सिक्वेल बनाउन चाहेपनि आफ्नो इच्छा अधुरै रहेको बताए । उनी भन्छन्, ‘मेरो चाहना त ‘झोले’को सिक्वेल नै निर्माण गर्ने थियो तर कथा लेख्दै गर्दा बेग्लै बन्न पुग्यो ।’ यस्तै, चलचित्रका कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले ‘मिस्टर झोले’ पूर्ण मनोरञ्जन दिने शैलीको चलचित्र बनेको दाबी गरे ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.