दयाहाङ्ग र प्रियंकाको ‘हेप्पी डेज’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

दयाहाङ्ग राई, प्रियंका कार्की अभिनित चलचित्र ‘हेप्पी डेज’ को ट्रेलर सार्बजनिक गरिएको छ। ‘क्रिशमस डे’को अबसर पारेर दर्शकलाई उपहार स्वरूप निर्माण टिमले युट्युव मार्फत ट्रेलर सार्बजनिक गरेको हो। सार्बजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम झल्काएको छ, सँगै भावनात्मक तथा द्वन्द्वात्मक दृश्यहरु पनि समावेश छन्। बेलायतमा छायाँकन गरिएको चलचित्रको ट्रेलरमा पात्रको परिचय र कथासारलाई खुलाईएको छ।

मिलन चाम्स निर्देशित चलचित्रमा दया र प्रियंकासँगै सञ्जय गुप्ता, बिक्की जोशी, जेनिशा लिम्बु, मोनिका, रुपा पुनः, रितेश चाम्स लगायतका कलाकारहरुले अभिनय गरेका छन्। चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइ को संयुक्त ब्यानरमा बनेको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ। रोमान्टिक ड्रामा मिश्रित चलचित्रलाई बेलायतमा गरिएको प्रिमियरमा दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए । चलचित्र माघ १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.