‘मिस्टर झोले’ सुटिङ तस्विर सार्बजनिक (फोटोफिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ

पौष २८ गते रिलिज हुने चलचित्र ‘मिस्टर झोले’का छायाँकनताकाका केहि तस्विरहरु सार्वजनिक भएका छन् । कमेडी जनराको चलचित्रको सार्बजनिक गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाई सकेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माण युनिट चलचित्रको प्रचार प्रसारमा ब्यस्त हुन थालेका छन्

रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल रहेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.