कार्टुन क्रू का सरोज र आश्मा एसियन म्युजिकको ‘२० फस्ट लभ’ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रविधिको विकास संगै नेपाली कला क्षेत्र पनि फराकिलो बन्दै गइ रहेको छ कुनै बेला हप्तामा एउटा सिरियल हेर्नको लागि नेपाल टेलिभिजन कुरेर बस्नु पर्थ्यो आजकल यु ट्युब र टेलिभिजनको विकासले टेलि सिरिएल र वेब सिरिजको निर्माण हुने क्रम बढ्दो छ यसै क्रममा एसियन म्युजिकले ‘२० फस्ट लभ’ नामक वेब सिरीजको निर्माण गर्न लागेको छ नेपालको चर्चित डान्स ग्रप “कार्टुन क्रु” का डान्सर सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहने दोस्रो वेभ सिरीजको शुभमुर्हुत संगै धमा धम छायांकन भई रहेको छ । सिरीजमा लभ , फ्रेण्डसिप र अहिलेका युवाहरुको परिवारसंगको सम्बन्ध देखाउन खोजिएको छ । सरिन पोखरेलको कथा र निर्देशन रहने यस सिरीजलाई इश्वर गुरुङ र दिपेन्द्र तामाङले निर्माण गरेका हुन् ।म्युजिक भिडियो छायांकनमा ब्यस्त सिनेम्यटोग्राफर ज्ञानेन्द्र शर्माले खिची रहेका छन् । निर्देशक पोखरेलले यो सिरीजले दर्शक लाई मनोरंजन प्रदान गर्ने बिश्वाश लिएका छन् ।
सिरिज शुभ मुहूर्तमा लिएको भिडियो हेर्नुहोस