किम्फमा ३७ देशका ७० चलचित्र बाट ‘धौलागिरी’ उत्कृष्ट


सेलिब्रेटी नेपाल काठमाडौँ

अर्जेन्टिनी निर्देशक गुइलेर्मो ग्लासको ‘धौलागिरी: एसेन्ट टु द हाइट माउन्टेन’ १५ औं काठमाडाैं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा उत्कृष्ट ठहरिँदै पहिलो बनेको छ। अन्तर्रा्ष्ट्रिय विधातर्फ १४ फिल्ममध्य सर्वोत्कृष्ट हुँदै फिल्मले ट्रफीसहित १५ सय अमेरिकी डलर हात पर्‍यो। त्यस्तै सो विधामा ‘शेर्पा स्टिउ’ दोस्रो हुँदा दक्षिण कोरियाको ‘सिंगिङ विद एन्ग्री बर्ड’ तेस्रो भयो। उनीहरूले क्रमशः १ हजार र ५ सय अमेरिकी डलर जिते।

जोखिमपुर्ण भिरमौरीको शिकार गर्ने मौली धन राईको जीवनमा आधारित चलचित्र ‘द लास्ट हनी हन्टर’ ले अडियन्स अवार्ड र स्पेशल मेन्सन अवार्ड हात पार्यो। सेनाङ ग्याम्जो तामाङ निर्देशित ‘झा लो’ र वजेक कोजाकिविचको ‘मामा’ले पनि स्पेशल जुरी मेन्सन पाए। यसैगरी ‘नेपाल पानोरामा’ निर्देशक अस्मिता श्रीश र गभिन कार्भरको ‘ग्ल्याल्मोज हाउस’ ले उत्कृष्ट डकुमेन्ट्री घोषित भयो। फिल्मले ५० हजार रूपैयाँ हात पार्यो भने निर्देशक राजेशप्रकाश खत्रीको चलचित्र‘जालगेडी’ले ‘बेस्ट फिक्सन फिल्म’ मा उत्कृष्ट रहँदै ट्रफीसहित ७५ हजार रुपैयाँ प्राप्त गर्यो।

सव्यसाची अञ्जु प्रविर निर्दे्शित फिल्म ‘कहाँ का रास्ता’ ले ‘बेस्ट ईसीमोड माउन्टेन फिल्म अवार्ड’ जित्न सफल भयाे। फिल्म समिक्षक समाज नेपाल (फिक्सन) ले ‘ब्लड रोड’ लाई क्रिटिक्स अवार्ड प्रदान गर्यो। करिब ३७ देशका ७० भन्दा बढी फिल्म प्रदर्शन भएकाे किम्फ सोमबार समापन भएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.