तरकारीवालीको ‘लम्फू’ बैशाख २८ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फू’ को प्रदर्शन मिति तोकिएको छ । निर्माण युनिटले आगामी बैशाख २८ लाई चलचित्र रिलिज मिति कन्फर्म गरेको छ । कुशुमको अलवा कबिर नेपाल, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ ।

छायांकनको लागि लामो समय लागेको यो चलचित्रबाट तरकारीवाली उर्फ कुशुमले अभिनयमा डेब्यु गरेकी हुन् । तरकारी बेच्न जाँदा तस्बिर भइरल भएपछि उनी संसार भर तरकारी वालीको रुपमा चिनिएकी थिइन् । गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटना र प्रेमकथा प्रस्तुत गर्न खोजेको छ । पपुलर मल्टिमिडियाको लागि शक्ति बल्दब घोरासैनीले निर्माण गरेको चलचित्रमा भूपतिको लेखन, दीपक बज्राचार्यको छायांकन र हरि सिलवालको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.