प्रेम कथा ’यो जोवन साँचेर राखें तिमीलाई’ शुभ-मुहुर्त


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र उद्योगमा नयाँ चलचित्र निर्माण हुने क्रम बढी नै रहेको छ नयाँ नयाँ निर्माता तथा ब्यानर चलचित्र निर्माणमा प्रवेश गरि नै रहेका छन् यसै क्रममा नयाँ चलचित्र ‘यो जोवन साँचेर राखें तिमीलाई’ को सुभ-मुहुर्त गरिएको छ । चलचित्र निर्माण युनिटले कमलादी गनेस्थान मन्दिरमा सुभ-मुहुर्त गरेका हुन् । मिलन आले मगरको निर्देशन रहने चलचित्रको हाल वर्कशप चलि रहेको छ ।

काठमाडौँ र बन्दीपुरमा छायांकन गरिने चलचित्रलाइ देव लामा र रमेश शर्माले निर्माण गर्न लागेका हुन् । प्रेमकथामा आधारित चलचित्रमा प्रेम लामा, सोनु गिरी, सुकृया श्रेष्ठ, नवराज अधिकारी लगायत कलाकारको मुख्य अभिनय रहनेछ । चलचित्रमा सुरेश पाण्डे र देव महर्जनको द्वन्द निर्देशन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.