‘ह्याप्पी न्यू ईयर’ अभिनेता कुशलको ड्रिम प्रोजेक्ट


सेलिब्रेटी नेपाल काठमाडौँ

पौष १४ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘ह्याप्पी न्यू ईयर’ ले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसार लाइ तिब्र बनाऊदै लगेको छ ।
निर्माण युनिटले केही पहिले ट्रेलर र गीत सार्वजनिक गरेको थियो । जसको कारणले पनि अहिले चलचित्रको राम्रो चर्चा भइरहेको छ । निर्माण युनिटले चलचित्रमा समाबेश अर्को नयाँ गीत पनि सार्बजनिक गर्ने तयारी गरेको छ ।

त्रिकोणात्मक प्रेम कथालाई नयाँ वर्षमा घटेको एक घटनासँग मिलाएर कथा बनाइएको चलचित्रमा कुशल थापा, अष्ट्रेलियामै बस्दै आएका पुकार गौतम, सन्ध्या केसी लगायतको मुख्य भुमिकामा अभिनय रहेको छ ।

९० लाख निर्माण लागत बताइएको चलचित्र अष्ट्रेलियाको विभिन्न मनोरम स्थानमा छायाँकन गरिएको हो । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रका निर्माता रति थापा श्रेष्ठ हुन् । संगीतकार टंक बुढाथोकी र विनोद ढकालले दिएका छन् ।

चलचित्रले आफ्नो अभिनय करियर उकास्ने निर्माता समेत रहेका नायक कुसल थापाले बताए । ‘पैसाको अलवा आफुले अभिनयबाट हासिल गरेको अनुभव पनि चलचित्रमा खन्याएको छु ’ थापाले थपे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.