बिन्दुको गीतमा प्रियंका माथि भीमफेदी गाईजको नजर(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘लाउनेले नजर लगाए…’ बोलको उक्त गीत नृत्यपरक छ। चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय भएपछि आफ्नो लोकप्रियता बढिरहेको मौका पारेर गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी गायिका बिन्दु परियार यो गीतमा गायिका बिन्दु परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन्। आशिष अविरलकै संगीत निर्देशन रहेको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन्। यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ।

अर्जुन अधिकारीको निर्देश्ँनमा तयार भएको उक्त गीतको नृत्यपरक म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ। भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका नृत्यकारहरुले आकर्षक नृत्यसहित साथ दिएका छन्। यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ। धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.