पोखरामा पुस ६ देखि पर्वतीय चलचित्र महोत्सव


सेलिब्रेटी नेपाल पोखरा

पोखरा फिल्म सोसाइटीको आयोजनामा पुस ६ देखि ८ गतेसम्म पोखरा सभागृहमा तेस्रो अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुँदैछ। महोत्सवमा स्वेदशी २३ र विदेशी २० गरी कुल ४३ चलचित्र प्रदर्शन गरिनेछ। हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको संवर्द्धन तथा प्रवर्द्धनमा जनचेतना अभिवृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ।

पर्वतीय क्षेत्र आसपासमा बसोबास गर्ने मानिसको अधिकार सुनिश्चितताका लागि वकालत गर्नाका लागि महोत्सव गर्न लागिएको महोत्सव संयोजक सरोज सापकोटाले जानकारी दिए। नेपाली चलचित्र ‘तुइन’को पहिलो प्रदर्शनबाट शुभारम्भ गरिने सो महोत्सवमा सुदूरपश्चिमको कथा र व्यथालाई समेटेर तयार पारिएको ‘जालगेडी’, सञ्चारकर्मी संजोग बस्यालद्वारा निर्मित ‘कृष्ण’, ‘डडेलोको सतीसाल’, ‘नेपाली चलचित्रमा जनजातिको चित्रण’लगायत चलचित्र प्रदर्शन गरिने सोसाइटीका महासचिव विष्णु गौतमले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.