रोमियो बनेका बिनयको प्रेस मिटमा नै बिकिनी गर्ल संग रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रोमियो एण्ड मुना’ को ‘स्याण्डविच’ सङ्ग रिलिज गरिएको छ । राजधानीमा प्रेस मिट गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो गौरव डागोन्करको संगीत, अर्ल युआरएलको शब्द तथा स्वर रहेको गीतको भिडियोमा रोमियो अर्थात नायक विनय श्रेष्ठ विकिनी गर्लसँग मस्ती गरिरहेका छन् । बिहिबार आयोजना गरिएको प्रेसमिटमा पनि विनय दुई विकिनी गर्लसँग ईन्ट्री गरेका थिए । उक्त बिकिनी गर्ल संगको इन्ट्रीको अहिले नेपाली सिने बजारमा आलोचना भईरहेको छ ।

‘डायङ क्यान्डल’ निर्देशक नरेश कुमार केसी निर्देशित रोमियो एण्ड मुनामा विनय रोमियो र नायिका सृष्टि श्रेष्ठ मुनाको भूमिकामा प्रस्तुत भएकी छन् । भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रमा विनय, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको संयुक्त रुपमा लगानी गरेका छन् । ‘रोमिया एण्ड मुना’ मा विनय र सृष्ट्रिसँगै नायिका सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तको अभिनय छ । बिहिबार गीतसँगै चलचित्रको पोस्टर पनि सार्बजनिक गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.