अनमोल अभिनित अहिले सम्मकै महँगो चलचित्र ‘कृ’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अनमोल के.सी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । उक्त कार्यक्रममा चलचित्रका निर्माता,निर्देशक,प्राबिधिक,तथा कलाकार हरु र संचार कर्मिको बाक्लो उपस्थिति रहेको थियो । चलचित्रका निर्देशक सुरेन्द्र पौडेल,निर्माता सुबास गिरि,निर्माता भुवन के.सी,नायक अनमोल के.सी.,नायिका अदिति बुढाथोकीले चलचित्रको बारेमा बोलेका थिए ।

ट्रेलर हेर्दा चलचित्रमा अनमोल एक्सन र रोमान्टिक गरि दुई चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ । करिब ३ मिनेट लामो ट्रेलरमा नायिका अदीति बुढाथोकी अनमोलसँग रोमान्टिक अवतारमा देखिएकी छिन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र २६ माघबाट प्रदर्शनमा आउने छ । अनमोल केसी, अदीति वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तले एक्सन दिएका छन् ।

सुवास इन्टरटेन्मेन्ट र द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको चलचित्रको कमल गिरी कार्यकारी निर्माता हुन् भने सह–निर्माता श्रीपराजुली रहेका छन् । सुवास गिरी र भूवन केसी यो चलचित्र मिलेर बनाएका हुन् । कार्यक्रममा बोल्दै निर्माता गिरीले कृ अहिले सम्मकै महँगो नेपाली चलचित्र भएको बताए ।