माल्भिकाले उद्घाटन गरिन कोरियन ब्युटी क्लिनिक



दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छाला सम्बन्धी सेवा दिने उदेश्यले राजधानीको नयाँ बानेश्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो । एक औपचारिक कार्यक्रमका बीच दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पुर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रबिना देसराज लगायतले क्लिनिकको उद्घाटन गरे ।

‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर,चाँया,फेसियल, छालाको दाग हटाउने,कोठी हटाउने, टाटु हटाउने,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने क्लिनिकमा म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए । कोरियामा उत्पादन हुने सौन्दर्यका साधन र प्रविधि कोरियासँगै नेपालमा पनि अपग्रेट गर्ने उनले बताए ।

कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौदर्य प्रविधि विश्वका अन्य प्रविधि भन्दा स्तरीय हुने बताइन् । आफुले पनि कोरिया ब्राण्डका सौदर्य सामाग्री प्रयोग गर्ने गरेको बताउँदै यसको तुलना अरु कुनैसँग गर्न नमिल्ने सुनाइन् ।

‘लेट मि इ’ चाउरिएका छाला,चाँया लगायत समस्याको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने कार्यक्रममा जानकारी दिइयो । ‘