गीतमा चर्चित बनेकी साइँली अब चलचित्रमा


सेलिब्रेटी नेपाल काठमाडौँ

थुप्रै नेपाली युवा तथा युवतीहरु रोजगारीको सिलसिलामा आफ्नो देश छाडेर विदेश पलायन भएका छन् । बिदेशमा बसेकाहरुको कथामा आधारित रहेर करिब एक बर्ष पहिले साइँली बोलको गीत चर्चित बनेको थियो उसै बेला यस गीतका गायक हेमन्त राणा र गौरब पहाडीले चलचित्र बनाउने चर्चा चलेको थियो । सुन साइँली बोलको गीत बाट नै नामाकरण गरिएको चलचित्र साइँली अब बन्ने भएको छ। राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको छ । निर्देशक रामबाबु गुरुङले चलचित्रको लेखन तथा निर्देशन गर्ने भएका छन् भने चलचित्रमा गौरब पहाडी र मेनुका प्रधानको मुख्य भूमिका रहनेछ गौरब,हेमन्त,अजय पोखरेल,बिशाल गुरुङ,र मोहन थापाको टिम मिलेर चलचित्रको निर्माण गर्ने भएको हो । चलचित्रको छायांकन माघ अन्तिम बाट सुरु हुने कार्यक्रममा जानकारी गराइयो ।