पन्चेबाजा लोक शैलीको गीत घिन घिन मादल सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

केहि दिन अघि फर्स्टलुक सार्बजनिक गरेको चलचित्र पन्चेबाजाको गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर निर्माण युनिटले ‘घिन घिन मादल’ बोलको लोक शैलीको गीत सार्वजनिक गरेको हो । गीतमा अञ्जु पन्त र डेविड सरकारको स्वर रहेको छ, भने बिकाश चौधरीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री जस्मिन श्रेष्ठ फिचरिङ छन् गीतमा शब्द प्रदीप भारद्वाजको र कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

न्यु भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता राजेश शाही हुन् । एक गाउँका तीन पात्रको कथा माथी बनाइएको चलचित्र घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सौगात र जस्मिनको साथमा चलचित्रमा कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको समेत अभिनय रहेको छ । सारा गुरुङ सह–निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र फागुन ११ गते बाट प्रदर्शनमा आउने छ ।