यौन मनोविज्ञानको कथा बन्ने भो ‘मिस्टर भर्जिन’


सेलिब्रेटी नेपाल काठमाडौँ

तीन युवाको यौन मनोविज्ञानको कथामा आधारित चलचित्र ‘मिस्टर भर्जिन’ बन्ने भएको छ। चलचित्र निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरेको छ। ‘मिस्टर भर्जिन’मा गौरब पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहने छन्। वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गर्दैछन्। विशारद यसै चलचित्र मार्फत फिचर फिल्ममा निर्देशनको यात्रा शुरु गर्दैछन्।

यो चलचित्रमा गौरब, बिजय र कमलमणि संगै मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, शृजना सुब्बा लगायतको पनि मुख्य भूमिका रहनेछ। चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ।

‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतले संयुक्त रुपमा लगानी गरेका छन्। लगानीमा सघाउदै सन्दिप उप्रेती र मनिष खत्री सह-निर्माताका रुपमा रहेका छन्। मङ्सिर २९ गतेबाट छायांकन सुरु हुने यो चलचित्र बैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने लक्ष्य रखिएको निर्माण युनिटले जानकारी गराएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.