‘कृ’ पोस्टर अनमोल र अदिति रोमान्टिक मुडमा


सेलिब्रेटी नेपाल काठमाडौँ

बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक गर्नु अगाडि यसको निर्माणपक्षले नायिका अदिती बुढाथोकीलाई पनि पोष्टरमा समावेश गरेको छ । यसअगाडि नायक अनमोल केसीको मात्र तस्बिर समावेश गरिएको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार दिउँसो ३ बजे एक भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ ।

अनमोल र अदितीको रोमान्टिक पोष्टरले चलचित्रप्रति झनै उत्सुकता बढाएको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।

चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ । नायक अनमोल केसीलाई दर्शकले यो चलचित्रमा भिन्न गेटअपमा देख्न सक्नेछन् ।