कमेडी जनराको ‘मिस्टर झोले’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्बजनिक गरिएको हो करिब चार वर्ष अगाडी प्रदर्शनमा आएको सिनेमा ‘झोले’को सिक्वेलको रुपमा यो चलचित्र निर्माण गरेको निर्माता टेकेन खड्काले कार्यक्रममा जानकारी दिए ।

कमेडी जनराको मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्दी तामाङ, पुष्कर गुरुङ, प्रविन खतिवडा, विजय बराल, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । पुष २८ गते प्रदर्शन हुने चलचित्रको यसअघिनै ‘ओखती’ गीतले दर्शक बाट राम्रो प्रतिक्रिया पनि पाईसकेको छ ।
रामबाबुकै कथा लेखन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटार र सुजेन कार्कीको संगीत, विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता रौनक विक्रम कँडेल र सहनिर्माताहरुमा ओम चन्द रौनियार, अर्जुन कार्की, मनिराम पोखरेल रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.