विराट र अनुष्काले इटाली पुगेर कसे लगनगाँठो


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटाली पुगेर विवाह गरेका छन्। उनीहरुले सोमबार बिहान एक निजी समारोहका बीच विवाह गरेका हुन्। केही दिनयता उनीहरुको विवाहबारे विभिन्न अनुमान चल्दै आएका थिए। ‘आज हामीले सदा एकअर्काको प्रेममा बाँधिने प्रतिज्ञा गरेका छौँ,’ अनुष्का र विराटले सामाजिक सञ्जालमा विवाहको घोषणा गर्दै लेखेका छन्।

विवाह समारोहमा परिवारका निकट व्यक्तिहरु मात्र उपस्थित रहेको बताइएको छ। उनीहरुले यसै महिना मुम्बइमा एक भव्य पार्टी दिने योजना पनि बनाएको समाचारहरुमा जनाइएको छ। सो पार्टीमा क्रिकेट र फिल्मका हस्तीहरु उपस्थित हुने अपेक्षा गरिएको छ।
विराट र अनुष्का पहिलो पटक सन् २०१३ मा एक सेम्पुको विज्ञापनमा काम गर्दा भएको थियो। त्यसपछि उनीहरुले वर्षौँ डेटिङ गरेका थिए।

उनीहरुको ब्रेकअप भएको हल्ला पनि चलेको थियो। दुवैले आफूहरुको सम्बन्धबारे स्पष्ट रुपमा केही बोलेका थिएनन्।

Copyright © 2012 - 2026 | All Right Reserved.